https://www.facebook.com/share/v/1DJDLWDNSc/
रोटरी क्लब अफ कालेबुङको आयोजनामा साथै
प्राणी सम्पदा विकास विभाग, कालेबुङ डिस्ट्रीक्ट भोलिन्टेरी ब्लड डोनर फोरम, कालेबुङ ब्लड सेन्टर र डुङ्ग्रा मल्टिपर्पोज वुमन कमिटीको संयुक्त सहयोगमा आज विभिन्न कार्यक्रम सम्पन्न गरियो।
कार्यक्रमअन्तर्गत रक्तदान शिविर, निःशुल्क एन्टी-रेबिज भ्याक्सिन, निःशुल्क एनिमल बर्थ कन्ट्रोल अपरेसन तथा निःशुल्क औषधि वितरणलगायतका कार्यक्रम सम्पन्न गरियो। यसैबीच, इन्डियन रेडक्रस सोसाइटी जिल्ला समितिद्वारा विपन्न परिवारहरूलाई किचन किटसमेत प्रदान गरिएको थियो।
कार्यक्रमपछि आयोजक समितिको पक्षबाट जानकारी दिँदै डेप्युटी डाइरेक्टर देवेन्द्र प्रधानले विभागले जनसाधारणको हितमा विभिन्न कार्यहरू गर्दै आइरहेको र आगामी दिनमा पनि थप कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको बताए।

