अप्पर लदाम माध्यमिक विद्यालयमा शिक्षक दिवस पालन:रोटरी क्लब कालेबुङ टोलीको बिशेष उपस्थिति.

अप्पर लदाम माध्यमिक विद्यालयमा शिक्षक दिवस पालन:रोटरी क्लब कालेबुङ टोलीको बिशेष उपस्थिति

कालेबुङ-लदाम, ५ सेप्टेम्बर २०२५(निसं)
कालेबुङ ३८ नम्बर समष्टि अन्तर्गत कागे ग्राम पञ्चायत स्थित अप्पर लदाम माध्यमिक विद्यालयमा आज शिक्षक दिवस भव्य रूपमा पालन गरिएको थियो।

आज शिक्षक दिवस समारोहमा बिशिष्ट अतिथिको रूपमा रोटरी क्लब कालेबुङका अध्यक्ष भूतपूर्व कर्नल आशोक गोगोई,रोटरीयन सार्दा मुखिया,शिला राई पेदोङ,भूतपूर्व कर्नल पी सी थापा, भूतपूर्व कर्नल कुङ्गा छिरिङ शेर्पा, रोटरीयन प्रविन प्रधान,रोटरीयन पौलिन सिंहको बिशेष उपस्थिति रहेको थियो भने अप्पर लदाम माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रन्चिस प्रकाश गुरुङ, शिक्षक-शिक्षिका,विद्यालय मेनेजीङ समिति अनि अन्य बरिष्ठ व्यक्तिहरूको बिशेष उपस्थिति रहेको थियो।

आज अप्पर लदाम माध्यमिक विद्यालयको शिक्षक दिवस समारोहमा विद्यालयका विद्यार्थीवर्गहरूले शिक्षक-शिक्षकहरूलाई सम्मान जनाएका थिए भने कार्यक्रममा विद्यार्थीवर्गहरूले नेपाली र हिन्दी नृत्य, सङ्गीत अनि अन्य कार्यक्रमहरू प्रस्तुत गरेका थिए।

आज बिशेष कार्यक्रम बिच रोटरी क्लब कालेबुङको टोलीहरूलाई विद्यालयका प्रधानाध्यापक प्रन्चिस प्रकाश गुरुङ अनि शिक्षक-शिक्षिकाहरूले सम्मानसँगै सम्बर्धना जनाएको थियो।

स्मरण रहोस्,अप्पर लदाम माध्यमिक विद्यालयले सरकारी मान्यता प्राप्त गरेपनि विद्यालयका शिक्षक-शिक्षिकाहरुले स्थापना कल देखिनै अझैसम्म निशुल्क सेवा पुराउदै आइरहेको छ भने स्कूल बल्डिङ्ग,शौचालय अनि धैरैवटा समस्याहरूले विद्यालय अझै जुझी रहेको छ।

उक्त विद्यालयको बिभिन्न समस्याहरू समाधान गर्ने उदेश्य लिएर समाजिक संस्था रोटरी क्लब कालेबुङले विगत बर्षदेखिनै विद्यालयको कक्षा रूममा विद्यार्थीहरूको निम्ति टेबल-चियर, शौचालय अनि पानीको सिन्टेक्स अनि ठू-ठूलो फलामको सिन्टेक्स राख्ने स्ट्यान निर्माण गरिदिएका छन्।

उक्त कार्य प्रति विद्यालयका प्रधानाध्यापक प्रन्चिस प्रकाश गुरुङले रोटरी क्लब कालेबुङको टोलीहरूलाई प्रति आभार प्रकट गरेका छन्।
#HSLNEWSKALIMPONG

 

Leave a Reply